२२ मंसिर २०७८, बुधबार

कर्णाली प्रदेशसभाका सात अधिवेशन : १४९ वैठक, मिनासिं रखाल १४६ पटक हाजिर, मुख्यमन्त्री ५४ पटक


सुर्खेत ।

कर्णाली प्रदेशसभाको ३ वर्षमा हालसम्म सातवटा अधिवेशनहरु सम्पन्न भइसकेका छन् ।जसमा हालसम्म एक सय ४९ वटा बैठकहरु सम्पन्न भए । पहिलो अधिवेशनमा २२, देस्रो अधिवेशनमा ४२ वटा, तेस्रो अधिवेशनमा १३, चौंथो अधिवेशनमा ३३, पाँचौं अधिवेशनमा ७ वटा, छैटौं अधिवेशनमा २९ र सातौं अधिवेशनमा ५ वटा प्रदेशसभा बैठकहरु गरी जम्मा एक सय ४९ वटा बैठक सम्पन्न भएका छन् ।

ती बैठकहरुमा प्रदेशसभाका सभामुख राजबहादुर शाही प्रत्येक बैठकमा उपस्थित हुनुभएको छ । शाही प्रदेशसभाको सभामुख भएको हुनाले उहाँको उपस्थिति शत प्रतिशत हुनु स्वाभाविक पनि हो । तर प्रदेशसभा सदस्यहरूमध्ये दैलेखकी मीनासिं रखाल सबैभन्दा बढी पटक संसद्को बैठकमा उपस्थित हुनुभएको छ ।

मीनासिं रखाल

कुल एक सय ४९ बैठकमध्ये एक सय ४६ बैठकमा उपस्थित हुनुभएकी रखालको उपस्थिति दर ९८ प्रतिशत हो । रखाल समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्यमा चुनिनु भएको हो । उहाँ हालसम्मका बैठकमध्ये जम्मा तीन वटा बैठकमा मात्र अनुपस्थित रहनुभएको छ  ।

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो वैठक

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट नै निर्वाचित सुर्खेतकी सांसद पद्मा खड्का एक सय ४५ वटा बैठकमा उपस्थित हुनुभएको छ । प्रतिशतमा तुलना गर्दा उहाँ ९७ प्रतिशत संसद् बैठकमा उपस्थित हुनुभएको छ । सांसद राजु नेपाली र अमृता शाही समान एक सय ४४ वटा प्रदेशसभा बैठकमा उपस्थित भएका छन् । अर्थात् उहाँहरू ९७ प्रतिशत प्रदेशसभा बैठकमा उपस्थित हुनुभएको छ ।

महेन्द्रवहादुर शाही

सबैभन्दा कम पटक प्रदेश सरकारको नेतृत्व गरिरहनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित् हुनुभएको छ । उहाँ जम्मा ५४ वटा बैठकमा सहभागी हुनुभएको छ । प्रतिशतमा तुलना गर्दा उहाँ जम्मा ३६ प्रतिशत प्रदेशसभा बैठकमा सहभागी हुनुभएको छ ।

अन्य सांसद कुन कति दिन उपस्थित हेर्नुहोस्