२२ मंसिर २०७८, बुधबार

कोभिड विरुद्ध खोप लगाउनका लागि सरकारद्धारा आवेदन खुल्ला


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्ष वा सो भन्दा माथिका व्यक्तिलाई कोभिड – १९ विरुद्धको पहिलो डोज खोपको लागि अनलाइन आवेदन फारम भर्न आग्रह गरेको छ ।
खोपका लागि https://vaccine.mohp.gov.np/ मा गएर आवश्यक विवरण भरेर पेस गर्न सकिने व्यवस्था मन्त्रालयले गरेको छ । यो स्वैच्छिक, व्यक्तिगत आवेदन हो । यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने नभएको मन्त्रालयले जनाएको छ ।
तर, खोपको उपलब्धता भए पश्चात् प्राप्त विवरण अनुसार व्यवस्थित रूपमा खोप लगाउन सहज होस भनेर सरकारले यो सुविधा ल्याएको हो ।