२२ मंसिर २०७८, बुधबार

जो बिरामीको लागि अक्सिजन खोज्न दिन रात खटिरहन्छन् 


सुशील के सी कोभिड – १९ का कारण प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका थिए । त्यहाँबाट डिस्चार्ज भइसकेपछि म्यासेन्जरको एउटा ग्रुपमा केसीले लेखे, “कोभिडको कारण प्रदेश अस्पतालमा भर्ना भएका बिरामीहरू लगायतलाई खानाको समस्या छ । त्यो समाधान गर्न केही गर्न सकिन्छ कि ?” तत्पश्चात् सोही ग्रुपमा केसीले यसको लागि आफूले रु दुई हजार सहयोग गर्ने पनि बताए । पत्रकार महासङ्घ सुर्खेत शाखाका उपाध्यक्ष सुदिप पुरीले १ हजार सहयोग गर्ने बताए ।
त्यस्तो गर्दागर्दै सात हजार रुपैयाँ जम्मा भयो । त्यसपछि सुर्खेतका जुझारु युवाहरूले एउटा अभियान सुरु गरे, “कोभिड – १९ सेल्फ हेल्प ग्रुप” । हाल यो ग्रुपमा ५ जना सदस्य सुदिप पुरी, धर्मराज आचार्य, खगेन्द्र पुरी, मिलन श्रेष्ठ र प्रवासकुमार शाक्य सक्रिय रूपमा लागिरहेका छन्  । कोभिडको समयमा आफूलाई जोखिम हुँदाहुँदै पनि उनीहरू सुर्खेतमा अक्सिजनको आपूर्ति गर्न सक्रिय भएका छन् । सुदिप, प्रवास र मिलन पेसाले पत्रकार हुन् भने धर्मराज व्यवसायी र खगेन्द्र बैङ्कमा कार्यरत छन् ।
आफै कसरी जोगिने भन्ने बेला यस्तो अभियान चलाउनु पक्कै सहज थिएन । तर, सुर्खेतका यी युवाहरूले कोभिडका सिकिस्त बिरामीलाई सास बाँड्ने आँट गरे । सुरुमा सामाजिक सञ्जाल फेसबुकमार्फत ‘कोभिड सङ्क्रमितका लागि अक्सिजन सिलिन्डर खरिद गर्न मेरो एक हजार’ अभियान चलाए । अहिलेको भर्चुअल माध्यमबाट अभियान एकाएक देश–विदेशमा पुग्यो ।
थुप्रैले चासो देखाए, धमाधम आर्थिक सहयोग जुट्न थाल्यो । अहिले सम्म ८ लाख रकम जम्मा भएको अभियानकर्मीले बताएका छन् ।
५ दिनसम्म बिरामी तथा कुरुवा अनि स्वास्थ्यकर्मीलाई पोसिलो झोलिलो खाना तथा स्वास्थ्यकर्मीलाई खाजा व्यवस्था गरेर सुरु गरिएको यो अभियान अहिले अक्सिजन सहित सुर्खेतमा खासै प्रयोगमा नआएको एउटा एम्बुलेन्सलाई भाडामा लिएर निःशुल्क एम्बुलेन्स सञ्चालन गरिरहेको छ । नयाँ एम्बुलेन्स सञ्चालनको लागि प्रक्रिया अगाडी बढिरहेको छ ।
सिलिन्डर खरिद गर्न मेरो एक हजार’ अभियान चलाए। अहिलेको भर्चुअल माध्यमबाट अभियान एकाएक  देश–विदेशमा पुग्यो । थुप्रैले चासो देखाए, धमाधम आर्थिक सहयोग जुट्न थाल्यो । अहिले सम्म ८ लाख रकम जम्मा भएको अभियानकर्मीले बताएका छन् । समूहले आफैँ गाडीको प्रबन्ध गरेर नेपालगन्जबाट अक्सिजनको आपूर्ति गरिरहेको छ ।
श्राेत : https://civacts.org/wp-content/uploads/2021/05/Fair-Facts-Bulletin-NP-Issue106.pdf