२२ मंसिर २०७८, बुधबार

थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि


पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ४२५  जनामा संक्रमण पुष्टि गरेको हो।

जम्मा २० हजार ४५३ नमूना परीक्षण गराउँदा ७ हजार ४२५ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा ७ हजार १३५ जना कोरोनामुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबा थप १८५ जनाले ज्यान गुमाएका छन्। हाल १ लाख १५ हजार ४४७ जना कोरोनाका सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा ९२४ जना रहेका छन्।