२२ मंसिर २०७८, बुधबार

कर्णालीमा अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालयअघि धर्ना


कर्णाली प्रदेशमा अक्सिजनको अभाव भएको भन्दै युवाको समूहले कर्णाली मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यालय अगाडि धर्ना दिएको छ ।

पर्याप्त अक्सिजनको माग गर्दै युवाको समूहले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका हुन् ।

‘इनफ इज इनफ’, ‘दैनिक २५० सिडिन्डर अक्सिजनको व्यवस्था गर’ ‘जिम्मेवार बन सरकार’ मागसहित युवाले धर्ना दिएका हुन् ।

प्रदेश सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार नबनेको भन्दै रिलेदेखि आमरण अनशनसम्म बस्ने युवा अभियन्ता अनिल ढकालले चेतावनी दिए ।

हेर्नुहाेस तस्विरहरु