२२ मंसिर २०७८, बुधबार

कुन प्रदेश र स्थानीय तह कति संघको बजेट ? (सूचीसहित)


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहका लागि विनियोजन गरेको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

आगामी वर्ष ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माधयमबाट तल्लो सरकारमा जाने भएको छ ।