२२ मंसिर २०७८, बुधबार

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुले समयमै दोस्रो मात्रा नलगाउँदा के हुन्छ ?          


विश्व स्वास्थ्य सङ्गठनले पनि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका व्यक्तिले ९ देखी १२ हप्ता भित्रमा दोस्रो मात्रा खोप लगाउनु भनेको छ । २०७७ फागुन २३ गते पछि खोप लगाएका करिब साढे १३ लाख व्यक्तिले दोस्रो मात्रा खोप लगाउने समय आइसक्दा पनि तत्काल खोप पाउने सम्भावना कम छ । १२ हप्ता पछि लगाउँदा त्यसको प्रभावकारिता घटे पनि प्रभावहीन भने हुँदैन ।

यसको लागि सरकारले विकल्पहरू खोजिरहेको जनाएको छ ।
स्रोत: https://civacts.org/wp-content/uploads/2021/06/Fair-Facts-Bulletin-NP-Issue108.pdf