२२ मंसिर २०७८, बुधबार

कोभिड –१९ संक्रमितलाई ‍लक्षण देखिनु पहिले अरुलाई संक्रमण सार्ने सम्भावना कति हुन्छ ?


मान्छेहरू प्राय कोभिड – १९ को लक्षण देखिएपछि वा सङ्क्रमण पुष्टि भएपछि मात्र सचेत हुन्छन् । त्यो भन्दा अगाडी अरूलाई सङ्क्रमण सार्ने सम्भावना हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, कुनै पनि सङ्क्रमित व्यक्तिमा कोभिड – १९ का लक्षणको विकास हुनु भन्दा २ दुई दिन अगाडी सबै भन्दा बढी सङ्क्रमण सार्न सक्ने सम्भावना हुन्छ । त्यो सँगै लक्षण नदेखिएका सङ्क्रमितले पनि सङ्क्रमण सार्न सक्ने सम्भावना रहन्छ । त्यसैले पनि सम्भावित सङ्क्रमितले परीक्षण नेगेटिभ नआउँदासम्म छुट्टै बस्नु पर्दछ ।

स्रोत: https://civacts.org/wp-content/uploads/2021/06/Fair-Facts-Bulletin-NP-Issue108.pdf