२२ मंसिर २०७८, बुधबार

‘कहिलेकाहीँ त खाना खाने पनि फुर्सद हुँदैन’


म वीरेन्द्रनगर कोभिड अस्पतालले सञ्चालन गरेको एम्बुलेन्स चलाइरहेको छु। कति बिरामी त मैले एम्बुलेन्स चलाउँदा चलाउँदै बित्नुभएको छ । बल्ल बल्ल अस्पताल पुर्‍यायो, अस्पतालमा कसैले रेस्पोन्स नगर्ने ।

म आफैँले अधिकांश बिरामीलाई बेडको व्यवस्था गरेको छु। कहिलेकाहीँ त खाना खाने पनि फुर्सद हुँदैन, एउटा बिरामी पुर्‍यायो, अर्को लिन गइहाल्यो । स्वास्थ्यकर्मी लगायत अरू त सबैको नजरमा पर्छन्, तर हामीलाई कसैले मतलब गर्दैन । पालिकाले पठाएपछि के कस्तो छ भनेर सोधेको छैन । म जस्तै एम्बुलेन्स चालकहरू अहिले दिनरात कोभिडका बिरामी बोकिरहेका छौँ । हामीले यसलाई अप्ठ्यारोमा गर्नुपर्ने सेवाको रूपमा लिएका छौँ ।

स्रोत: https://civacts.org/wp-content/uploads/2021/06/Fair-Facts-Bulletin-NP-Issue108.pdf