२२ मंसिर २०७८, बुधबार

सुरु भयो कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठक (लाइभ)


सुर्खेत।  कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो  बैठक सुरु भएको छ। सोमबार बोलाइएको पहिलो बैठकमा प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फौजदारी अभियोग प्रमाणित भएका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापालाई मन्त्री पदबाट हटाउनुपर्ने माग राख्दै अवरोधका गरेको थियो ।

प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मंगलबार दिउँसो २ वजे बैठक बोलाएका थियो । तर एमालेले  मन्त्री थापालाई बर्खास्त नगरेसम्म संसद् बैठक चल्न नदिने अडान राखेपछि मंगलबारको बैठक सुचना टाँस गरेर स्थगित गरिएको थियो । एमालेले मन्त्री थापालाई बर्खास्त नगरेसम्म संसद् बैठक सञ्चालन हुन नदिने जनाएको थियो। स्थगित् बैठक आज (बुधबार) दिउँसो २ वजे बोलाइए पनि ३ बज्नै लाग्दा बैठक सुरु भएको हो ।

भिडियोः