२२ मंसिर २०७८, बुधबार

कोभिड – १९ का बिरामीको आँखामा कालो ढुसी देखीने नयाँ रोगबारे के हो वास्तविकता ?


कोभिड – १९ का बिरामीको आँखामा कालो ढुसी देखीने नयाँ रोग आएको छ, यो त विस्तारै कोभिड – १९ का सबै बिरामीमा देखिन्छ भन्ने हल्ला छ ।

कोभिड – १९ का बिरामीमा देखिएको म्युकोर्माइकोसिस् (आँखामा देखिने कालो ढुसी) नयाँ रोग होइन । यो रोग प्राय उच्च मधुमेह, बिरामीको उपचार पश्चात र केही मात्रामा क्यान्सरका बिरामीको उपचारको क्रममा हुने रोग प्रतिरोधात्मक क्षमतामा आउने ह्रासका कारणले देखा पर्दछ । अहिले यो रोग कोभिड – १९ बिरामीलाई उपचारकै क्रममा र निको भईसकेपछि पनि देखिएको छ । अहिले सम्मको अध्ययनले यसको लक्षण कोभिड – १९ को संक्रमण भएको १० देखी ६० दिन सम्म देखिएको छ । यसो भन्दैमा कोभिड – १९ को संक्रमण भएका सबै बिरामीमा यो रोग देखिदैन ।

उच्च मधुमेह, मृगौलाका दिर्घ रोगी, एन्टिबायोटिकको अधिक प्रयोग गरेका बिरामीलाई यसको बढी जोखिम रहन्छ । त्यसै गरेर, सबै उमेर समुहमा यो रोगको जोखिम देखिए पनि, अहिले सम्मको तथ्यांकले ३०–४० उमेर समुहमा यसको संक्रमण बढी देखिएको छ ।

जोखिमयुत्त, हुँदाहुँदै पनि यसको उपचार छ । उपचारको प्रमुख उपाय भनेको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नु हो । यो रोगको उपचारको गर्न एक हप्ता देखी महिना दिन सम्म समय लाग्न सक्ने पनि भनिएको छ ।

 

भिडियोः

 

 

स्रोतः https://civacts.org/wp-content/uploads/2021/06/Fair-Facts-Bulletin-NP-Issue109.pdf