२२ मंसिर २०७८, बुधबार

वीरेन्द्रनगरको बजेट १ अर्ब ५६ करोड रुपैयाँकोः यस्ता छन् मुख्य प्राथामिकता


सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । नगरपालिकाको नवौं नगरसभासमक्ष उपप्रमुख मोहनमाया ढकालले बिहिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी छन् । उपप्रमुख ढकालले आगामी आर्थिक वर्षका लागि चालु तर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पुँजीगत तर्फ ४३ करोड ३३ लाख ३६ हजार गरी जम्मा १ अर्ब ५६ करोड ५२ लाख ६२ हजार छ सय ३५ रुपैयाँको बजेट सार्वजानिक गरेकी हुन् ।

नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमार्फत आगामी आर्थिक वर्षमा कोभिड–१९ तथा स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कृषि, पर्यटन, सार्वजानिक निर्माण र पर्यावरण लगायतका विषयलाई प्राथामिकतामा राखेको छ ।

नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमार्फत नगरभित्रै गुण्स्तरिय बिउ र खाद्यान्न उत्पादन गर्नका लागि ‘एक वडा उक सामुदायिक बिउ बैंक’ स्थापना गर्ने उल्लेख गरेको छ । नगरसभामा नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गर्दै उपमेयर ढकालले ‘एक सहकारी एक उत्पादन, एक गाउँ एक उत्पादन’ कार्यक्रम, ‘कृषिमा व्यवसायिकता, युवामा उद्यमशिलता’ लगायतका कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा समावेश भएको बताइन् ।

नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरलाई आर्थिक रुपले सम्पन्न, भौतिक रुपले योजनावद्ध, सहरी सुविधायुक्त, लैंगिक रुपमा सामाजिक समावेशी, सहभागितामुलक, वातावरिणय रुपले स्वच्छ तथा सफा, व्यवस्थापकीय रुपले  सुव्यवस्थित, शैक्षिक प्रशासनिक र  पर्यटकीय सहरको रुपमा विकास गर्ने वजेटको लक्ष्य रहेको बताए ।

बजेटले कोभिड १९ सामना गर्न जनचाहानाअनुरुप समग्र विकासका कामहरु अगाडी बढाउने, पुर्वाधारको विकास विस्तारबाट जिवनस्तरमा सहजता ल्याउने, नगरपालिकालाई शैक्षिक र पर्यटकीय गन्तब्य बन्ने आधार तय गर्ने, युवाहरुमा सक्षमता, अनुशासन, स्वाबसम्बनको विकास गर्न युवा प्रतिभा पहिचान तथा प्रवद्र्धनका कार्य गर्ने उदेश्य राखेको छ ।

त्यसैगरी विपद्लाई सामनाका लागि पुर्वतयारी, विद्ययुतिय सुसानको क्रम बिस्तार गर्दै लैजाने, आधारभुत स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धी र सुलभता ल्याउनुका साथै कोरोना भाइरसको जोखिमसंग सामना गर्न सक्ने स्वास्थ्य संस्था बनाउने लगायतका उदेश्यहरु रहेका छन् ।

नीतितथा कार्यक्रममा समावेश भएका मुख्य कार्यक्रमहरु

  • अक्सिजन प्लान्ट स्थापना गरी आवश्यकताअनुसार प्रयोग र वितरण
  • एक सहकारी एक उत्पादन वा एक गाउँ एक उत्पादन नीति अबलम्बन
  • कृषिमा व्यवसायिकता युवामा उद्यमशिलता कार्यक्रम
  • एक वडा एक सामुदायिक बिउ बैंक स्थापना गरिने
  • छोरीलाइ सेनेटरी, आमालाई सिप र रोजगारी
  • वीरेन्द्रनगर १ मा सुर्खेत बस पार्क स्थापना हुने
  • नगर स्वास्थ्य प्रोफाइल तयार गरिने
  • उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी लाई पुरस्कृत गरिने
  • नगर शिक्षा कोष स्थापना गरिने
  • नगरपालिकामा कृषि तथ्यांक सुचिकरण गरिने
  • सौर्य उर्जा र वायोग्याँस विस्तारमा विशेष जोड
  • महिला स्वयमसविकालाई १२ हजार प्रोत्साहान रकम उपलब्ध गराउने
  • पशुपंक्षि बिमा कार्यक्रम प्राथामिकता
  • कोरोना भाइरसका कारण प्रभावित भएका उद्योग व्यवसायिलाई लक्षित गरी सहुलियत तथा प्रोत्साहान कार्यक्रम
  • सडक बालमुक्त नगर घोषण गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने
  • वीरेन्द्रनगरका सम्पुर्ण पर्यटकीय स्थलहरुलाई नगर मातहतमा ल्याइ आवश्यक विकास तथा विस्तार गर्ने
  • सुब्बाकुनादेखि फलाटेसम्म सहायक राजमार्ग हटलाइनको नक्सांकनलाई निरन्तरता दिइ यसै आर्थिक वर्षमा सम्पन्न गर्न प्रदेश तथा
  • संघ सरकारसंग सहकार्य गर्ने
  • एकिकृत पुर्वाधार विकासलाई निरन्तरता
  • सरसफाइमा प्राथामिकता
  • काँक्रेबिहार क्षेत्रलाई चिडियाखानाको रुपमा विकास गर्न संघिय सरकार र प्रदेश सरकारसंग सहकार्य गर्ने