२२ मंसिर २०७८, बुधबार

‘कोरोनाविरुद्धको खोप लगाउनेवित्तिकै पूर्ण रुपमा जोखिम हट्दैन ‘


बाहिर देश तिर त खोप लगाईसकेपछि मास्क लगाउनु पर्दैन भन्ने समाचार सुन्नमा आउँछन् । वास्तवमै खोप लगाउने वित्तिकै पूर्ण रुपमा जोखिम हट्ने होईन । विश्व स्वास्थ्य संगठनका अनुसार, एउटै मात्रा मात्र लगाउनुपर्ने खोपको सनदर्भमा खोप लगाएको १४ दिनसम्म खोपले काम गर्दैन, १४ दिनपछिमात्र यसले आफ्नो असर देखाउन थाल्दछ । दुई मात्रा लगाउनुपर्ने खोपको सन्दर्भमा भने यसले क्षमता अनुसार काम गर्न दुबै मात्रा खोप लगाईसकेको हुनुपर्दछ । खोपले जोखिम हुनबाट धेरै जोगाए पनि पूर्ण रुपमा सुरक्षित हुने सुनिश्चितता हुँदैन । त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्नु नै उपयुक्त हुन्छ ।

स्रोतः https://civacts.org/wp-content/uploads/2021/07/Fair-Facts-Bulletin-NP-Issue116.pdf