२२ मंसिर २०७८, बुधबार

लक्षित समुहका तर खोप केन्द्र जान नसक्ने व्यक्तिलाई खोप लगाउन केही उपाय छ?


लक्षित समुहमा परेका तर, शारीरिक रुपमा अशक्त भएका कारण खोप केन्द्र जान नसक्ने व्यक्तिलाई खोप लगाउने सम्बन्धमा सरकारले अहिलेसम्म घरघरमा खोप लगाईदिने रणनीति तयार गरिसकेको छैन । तर, कसैलाई गाह्रो छ र लक्षित बर्गमा पर्नुहुन्छ भने, उहाँहरूलाई नजिकैको आफ्नो स्थानीय तहको खोप केन्द्रमा लैजाने व्यवस्थाका लागि सम्बन्धित जिल्ला खोप समन्वय समितिले काम गरिरहेका छन् । कोही व्यक्ति लक्षित बर्गमा परेर पनि खोप लगाउन गाह्रो भएको छ भने, स्थानीय वडा कार्यालयसँग समन्वय गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्रोतः https://civacts.org/wp-content/uploads/2021/08/Fair-Facts-Bulletin-NP-Issue117.pdf