२२ मंसिर २०७८, बुधबार

जोन्सन एण्ड जोन्सन खोप लगाउँदा किन बिरामी भइन्छ ?


जोन्सन एण्ड जोन्सन खोप लगाईसकेपछि खोप लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने, सुनिने र चिलाउने, थकाई लाग्ने, कमजोरी भएको महसुस हुने, जाडो महसुस हुने, ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, घाँटी दुख्ने, खोकी लाग्ने जस्ता असरहरू सामान्य हुन । त्यस्ता असरहरू १/२ दिनपछि आफै ठिक हुन्छन् । त्यस भन्दा बाहेक कुनै गम्भिर लक्षण देखिएमा भने तुरुन्त चिकित्सकको परामर्श लिनु पर्दछ । तर, पहिले कुनै पनि कारणले गम्भिर प्रकारको allergic reaction वा एनाफाईलेक्सिस भएका व्यक्तिले भने यो खोप लगाउनु हुदैन ।

स्रोतः https://civacts.org/wp-content/uploads/2021/08/Fair-Facts-Bulletin-NP-Issue117.pdf