२२ मंसिर २०७८, बुधबार

के खाडिका देशहरूमा जाने श्रमिकले उमेर समुह अनुसार नै पालो पर्खनु पर्ने हो ?


दक्षिण कोरिया जाने श्रमिकलाई सरकारले खोप दिने भनेको छ । खाडिका देशहरूमा जाने श्रमिकले उमेर समुह अनुसार नै पालो पर्खनु पर्ने होइन ।अरु देशमा वैदेशिक रोजगारीमा जाने श्रमिकको हकमा, गन्तव्य राष्ट्रमा मान्यता प्राप्त खोप नेपालमा उपलब्ध भएमा भिषा र हावाई टिकटको आधारमा खोप दिने निर्णय यस अघी नै सरकारले गरिसकेको छ । कोरिया जाने श्रमिकको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज र शैनिक अस्पताल छाउनीमा जोन्सन एण्ड जोन्सन खोप दिने व्यवस्था मिलाईएको छ ।

स्रोतः https://civacts.org/wp-content/uploads/2021/08/Fair-Facts-Bulletin-NP-Issue119.pdf