२२ मंसिर २०७८, बुधबार

अनलाईन फारम भरेको कति दिनमा क्यूआर कोड पाइन्छ ?



लाईन लाग्नु भन्दा पनि अनलाईनमा क्यूआर कोड पाउन मुस्किल छ । फारम भरेको ५ दिनभित्र QR कोड पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । https://vaccine.mohp.gov.np/-public-request-for मा गएर आफ्नो दर्ता नम्बर र जन्ममिति राखेर प्रमाणपत्रको अवस्था बुझ्न सकिन्छ । पूर्ण विवरण सहित फारम भरेमा अनलाईन प्रणालीबाटै स्वतः भेरिफाई हुने भएकोले पालो आएपछि प्रमाणपत्र तयार हुने र आफै डाउनलोड गर्न सकिन्छ । यस विषयमा कुनै समस्या भएमा बरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक झा लाई ९८४३२८४३५२ मा फोन गर्न सकिन्छ ।

स्रोतः https://civacts.org/wp-content/uploads/2021/08/Fair-Facts-Bulletin-NP-Issue119.pdf