
कर्णाली उत्सवको तेस्रो संस्करण फागुन १७ गतेदेखि
कर्णाली प्रदेशको धरातलमा रहेर बौद्धिक बहस गर्ने कर्णाली उत्सवको तेस्रो श्रृंखला आगामी फागुन १७ गतेदेखि सुरु हुने भएको छ । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फागुन १७, १८ र १९ गते कर्णाली उत्सवकाे आयाेजना हुने आयोजक ऋति फाउण्डेसनले जनाएको छ ।
कर्णालीको बहुआयामिक विषयमा गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोका रुपमा स्थापित कर्णाली उत्सवमा कर्णालीकै खस भाषालाई प्राथमिकता दिइन्छ । स