
यसरी गर्न सकिन्छ फुटपाथ व्यवसायको व्यवस्थापन
वीरेन्द्रनगरनगरमा फुटपाथ व्यवसायः ४
नेपालको संविधान, २०७२ को अनुसूचि ८ मा स्थानीय तहको अधिकारको सूचि उल्लेख गरिएको छ, जसमा स्थानीय बजार व्यवस्थापन पनि स्थानीय तहको अधिकारमा रहने लेखिएको छ । साथै स्थानीय करसमेत स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्दछ ।
नेपालको संविधानको मौलिक हक अन्तर्गत लेखिएको छ, ‘प्रत्येक नागरिकलाई नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थ