
‘मसँग असन्तुष्टि पोख्नुपर्ने अवस्था छैन’
२०७४ मंसिर २१ गते भएको निर्वाचनमा दैलेख जिल्लाको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट अमरबहादुर थापाले १२ हजार पाँच सय ६७ मत ल्याएर निर्वाचित भए । संघीय व्यवस्था अनुसार पहिलो पटक स्थापित प्रदेशसभामा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न थापाले निर्वाचनअघि घोषणा–पत्रमार्फत विभिन्न प्रतिबद्धताहरू गरेका थिए । चुनाव जित्ने रणनीतिका साथ मतदातालाई आकर्षित गर्न गरिएका प्रतिबद्धता कार्यान्वयनको अवस्था कस्तो छ ?