१९ माघ २०७९, बिहीबार

वीरेन्द्रनगर ४ मा सरसफाई कार्यक्रम सम्पन्न


सुर्खेत। वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का युवाहरुले वडामा सरसफाइ कार्यक्रम सञ्चालन गरेका छन्। वडा नं.  ४ को पर्यटकिय स्थल जिरो ड्यामदेखि शहिद पार्कसम्म आइतवार सरसफाइ कार्यक्रम सञ्चालन गरेका हुन्।

पर्यटकिय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुने र त्यहाँ फोहोर पनि बढ्न थालेको भन्दै उनिहरुले सरसफाइ गरेका हुन्। पर्यटकिय स्थलहरुमा युवाहरुले सरसफाई सम्बन्धि बिभिन्न जनचेतनामुलक ब्यानरहरु पनि राखेका छन्।

 

सरसफाई कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरकार्यपालिका सदस्य टिका घले, वडा सदस्यहरु शेरबहादुर केसी, कृष्णप्रसाद गौतम र वडा सचिव सम्भुप्रसाद उपाध्यायसहित करिब ३५ जना  युवाहरु उपस्थिति रहेको रहेको युवा संजालका अध्यक्ष दिपक विश्वकर्माले जानकारी दिए। विश्वकर्माले वडास्तरमा सरसफाइसम्बन्धि यस्ता खालका कार्यक्रम र जनचेतनामुलक अभियानहरु निरन्तर गरिरहेने बताए।

विश्वकर्माले वडास्तरमा सरसफाइसम्बन्धि यस्ता खालका कार्यक्रम र जनचेतनामुलक अभियानहरु निरन्तर गरिरहेने बताए। वीरेन्द्रनगरमा बढ्दो जनसंख्याका तथा जनचेतना अभावका कारण पर्यटकिय स्थल तथा समाजमा फोहोर बढ्न थालेपछि युवा संजालको अगुवाइमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिन लागिएको संजालका सचिव भरत गौतमले जानकारी दिए।