१८ माघ २०७९, बुधबार

सुर्खेतमा फिल्म मेकिंग तालिम सम्पन्न


सुर्खेत। विकल्प एन अल्टरनेटिभ र ऋति फाउण्डेशनको संयुक्त आयोजना र एट्लस नेटवर्कको सहयोगमा ५ दिने लिबर्टी फिल्म मेकिंग तालिमको सम्पन्न भएकाे छ । कार्यक्रममा सहभागीहरुलाई फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइएको थियो। l

उक्त तालिममा रत्न ज्योति शाक्य, पुनम गिरि, सुमन राइ, रिवाज दाहाल, बसन्त अधिकारी, सर्वग्यराज पाण्डेले सहजीकरण गर्नुभएको थियो। सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको यस कार्यक्रममा २२ जना सहभागीहरुले सहभागिता जनाएका थिए भने कार्यक्रमलाइ तिन चरणमा बिभाजन गरिएको छ । पहिलो चरणमा सहभागीहरुलाई ५ दिने तालिम दिइएको थियो, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी समावेश थियो ।

दोश्रो चरणमा सहभागीहरुलाइ चार समुहमा विभाजित गरि छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइएको छ भने, अन्तमा सहभागीहरुले तयार गरेको सिनेमालाइ दर्शक माझ प्रस्तुत गरिने योजना छ । कर्णाली र लुम्बिनि प्रदेशका सहभागी समूहहरुले तयार गरिएका सिनेमालाइ असोज ६ गते वीरेन्द्रनगरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिनुभयो ।