१९ माघ २०७९, बिहीबार

सम्पादकीयः फुटपाथ नियन्त्रण होइन नीतिगत व्यवस्थापन गर


कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फुटपाथ व्यवसायको अवस्थासम्बन्धी अनुसन्धान प्रतिवेदन प्रकाशित भएको छ। कर्णाली प्रदेशमा आर्थिक तथा नीतिगषत विषयमा अध्ययन, अनुसन्धान, बहस तथा पैरवी गर्दै आइरहेको ऋति फाउण्डेसनले उक्त अनुसन्धान गरेको हो। अनुसन्धान विशेषगरी वीरेन्द्रनगरमा रहेका फुटपाथ व्यवसायीहरुको अवस्था, नीतिगत बाधाहरु र समाधानका उपायहरुमा केन्द्रित रहेको छ। अध्ययनले फुटपाथ व्यवसायले वीरेन्द्रनगरमा महिला उद्यमशिलता वृद्धी गर्न सहयोग गरेको निष्कर्ष निकालेको छ। अध्ययनमा गरिएको सर्भेअनुसार ६१ प्रतिशत महिला फुटपाथ व्यवसायमा संग्लग्न हुँदा ३९ प्रतिशत पुरुष फुटपाथ व्यवसाएमा संग्लग्न भएको उल्लेख गरिएको छ। अध्ययन प्रतिवेदनमा ८० प्रतिशत व्यवसायीले रोजगारीको अवसर अभावमा फुटपाथ व्यवसायमा संग्लग्न भएको नतिजा प्रस्तुत गरिएको छ। सर्भेमा कम लागतमा व्यवसाय गर्न सकिने हुनाले ११ प्रतिशत र नाफा राम्रो हुने भएकोले ९ प्रतिशतले फुटपाथ व्यवसायमा संग्लग्न भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।फुटपाथ व्यवसायबाट ४७ प्रतिशत व्यवसायीहरुले मासिक १५ देखि २५ हजारसम्म आम्दानी गर्ने गरेको निष्कर्ष अध्ययन प्रतिवेदनमा निकालिएको छ। अध्ययनमा ७ प्रतिशतले मासिक २५ हजारभन्दा बढी आम्दानी गर्ने गरेको तथ्यांक प्रस्तुत गरिएको छ। स्थानीय तहलाइ स्थानीय बजार व्यवस्थापनको जिम्मेवारी संविधानले प्रदान गरेको छ। फुटपाथ व्यवसायबाट नागरिकहरुलाई र राज्यलाई समेत फाइदा हुने हुँदा नगरपालिकाले नीतिगत व्यवस्थापन गर्न जरुरी छ।